झापा । झापामा अवैध रुपमा लुकाई ल्याएको ३ सय ४९ ग्राम ७ सय मिलिग्राम सुन सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक नगरपालिका–२ बस्ने कैलाली जानकी गाउँपालिका–५ वतन भएका ३३ वर्षीय धिरेन्द्र जैसी रहेका छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुल अगाडि सडकमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरीले जाँच गर्ने क्रममा उक्त सुनसहित फेला पारी उनलाई पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय झापामा बुझाइएको छ ।
झापामा अवैध सुन सहित एक जना पक्राउ
ताजा समाचार
गृहमन्त्री गुरुङद्वारा सदनमा तीनवटा अध्यादेश पेश
८ घन्टा अघि
‘सडक र मन्दिर बने तर जनताको अवस्था फेरिएन’
९ घन्टा अघि




