कर्णालीका पहाडी क्षेत्रमा पानी नपर्दा मकै रोप्‍न समस्या  | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कर्णालीका पहाडी क्षेत्रमा पानी नपर्दा मकै रोप्‍न समस्या 

जाजरकोट । समयमै पानी नपर्दा कर्णाली प्रदेशका पहाडी क्षेत्रका किसान समस्यामा परेका छन् । पानी नपर्दा जाजरकोट,रुकुम पश्चिम  र डोल्पाका किसानले मकै राेप्‍न पाएका छैनन् । यहाँका किसान आकाशे पानीकाे भरमा खेती गर्दै आएका छन् ।

काठमाडाैं उपत्यकासहित अन्य पहाडी क्षेत्रमा दिनहुँजस्ताे  वर्षा भइरहे पनि कर्णालीका पहाडी क्षेत्रमा भने वर्षा हुन सकेकाे छैन । नलगाड-८ का किसान शेरबहादुर खत्रीले वैशाखभित्र मकै राेपिसक्नुपर्ने भए पनि वर्षा नहुँदा ढिलाे भएकाे बताए । यहाँका किसानले धानकाे बीउ राख्‍न सुरु गरे पनि सिंचाइकाे अभाव रहेकाे छ । वर्षा हुन नसकेकाे र सिंचाइकाे सुविधा नभएकाले धानकाे बीउ राख्‍न पनि समस्या भइरहेकाे उनले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);