श्रीधर पोखरेल एमालेको प्रचारप्रसारमा व्यस्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

श्रीधर पोखरेल एमालेको प्रचारप्रसारमा व्यस्त

हेटौंडा । नेकपा एकीकृत समाजवादीको अध्यक्ष पदबाट राजीनामा दिएका श्रीधर पोखरेल नेकपा एमालेको चुनावी प्रचारप्रसारमा व्यस्त हुन थालेका छन् । बुधबार हेटौंडामा पत्रकार सम्मेलन गरेर चुनावपछि पार्टी कमजोर हुने भन्दै उनले पार्टी परित्यागको घोषणा गरेको थिए । त्यस लगतै बिहीबार उनलाई काठमाडौंमा एमालेका अध्यक्ष केपी ओलीले एमाले प्रवेश गराएका थिए ।

पोखरेल अहिले हेटौंडाका उम्मेदवारसँग चुनावी प्रचारप्रसारमा व्यस्त हुन थालेका छन् । हेटौंडा-५ मा भएको चुनावी प्रचारप्रसार कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले नेकपा एस कांग्रेसको ‘एस’ भइसकेको बताए । उनले नेकपा एससँग कुनै विचार र दृष्टिकोण नभएको आरोप लगाए । ‘एसको विचार केवल एमालेलाई कमजोर बनाउने र नेपाली कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्नेभन्दा अरू कुनै छैन,’ उनले भने । अनन्त: पौडेलको नेतृत्वमा हेटौंडालाई सुन्दर बनाउने अभियानमा सबैजना लाग्नुपर्ने उनको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);