दिक्तेल मेयरमा कांग्रेसबाट तीर्थराजकाे उम्मेदवारी कायम, पाेखरेलले फिर्ता लिए उम्मेदवारी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

दिक्तेल मेयरमा कांग्रेसबाट तीर्थराजकाे उम्मेदवारी कायम, पाेखरेलले फिर्ता लिए उम्मेदवारी

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा नेपाली कांग्रेसबाट तीर्थराज भट्टराईको उम्मेदवारी कायम भएकाे छ ।

यसअघि कांग्रेसबाट मेयरमा भट्टराई र धर्मराज पोखरेलको मनोनयन दर्ता भएपछि आधिकारिकताको विषयमा अन्योल भएकाे थियाे । कांग्रेस प्रदेश समितिले पोखरेललाई र केन्द्रीय समितिले भट्टराईलाई मेयरको टिकट दिएपछि ‘को आधिकारिक उम्मेदवार हुन्’ भन्ने विवाद चर्किएको थियो ।

पोखरेलले बुधबार साँझ कांग्रेस पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै उम्मेदवारी फिर्ता लिएको घोषणा गरेपछि भट्टराई कांग्रेसबाट मेयरका एक मात्र उम्मेदवार कायम भएका छन् । कांग्रेसबाट दुई जनाको उम्मेदवारी दर्ता भएपछि गठबन्धन कायम हुने/नहुनेमा समेत आशंका पैदा गरेको थियो ।

गठबन्धन दलबीचमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयर कांग्रेसलाई र उपमेयर माओवादी केन्द्रलाई दिने सहमति भएको थियो । सो सहमति अनुसार माओवादी केन्द्रले भने विसन राईलाई उपमेयरको उम्मेदवार बनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);