बझाङ । बझाङको छबिसपाथीभेरा गाउँपालिका–१ भाडेबजारमा बुधबार बिहान जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा छबिसपाथीभेरा गाउँपालिका–३ बामनडाडाका ५० वर्षीय जय बहादुर सार्की रहेका छन् । आज बिहान पौने ७ बजे बामनडाडाबाट मौरीबजारतर्फ आउदै गरेको से १ ज ६७३ नम्बरको जिप सडकबाट अन्दाजी ४ सय टिर तल सेती नदीमा खसेको थियो । जिपमा चालक मात्र सवार रहेको प्रहरी चौकी मटेलाले जनाएको छ ।
बझाङमा जिप दुर्घटना हुँदा चालकको मृत्यु
ताजा समाचार
रासायनिक मल अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन
१२ घन्टा अघि
सुनको भाउ तोलामा दुई हजार तीन सय रुपैयाँले बढ्यो
१६ घन्टा अघि