प्रचण्डका प्रतिद्वन्दी विक्रम पाण्डेको घर पछाडि राखिएको बम निष्क्रिय | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८३, बुधवार
चितवन, ५ मंसिर । भरतपुर महानगरपालिका वडा नं २ स्थित वन तथा भू-संरक्षण मन्त्री विक्रम पाण्डेको घर पछाडि अज्ञात समूहले राखेको बम नेपाली सेनाको टोलीले आज बिहान निष्क्रिय पारेको छ। 
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार दूधको क्यानमा ग्रिनेट राखेर बनाइएको सानो बम सेनाको बम डिस्पोजल टोलीले निस्कृय पारेको हो।
 
पाण्डे चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्छ । उहाँको निवास अगाडि आफ्नै रेडियो कालिका एफएम र टिभी कालिका छ भने पछाडि उहाँको आफ्नै कालिका कन्स्ट्रक्सन छ। घर र कन्स्ट्रक्सनको बीचमा रहेको नहरको डिलमा बम राखिएको थियो। सेनाले पानी नभएको नहरमा बम झारेर निष्क्रिय पारेको हो।

ताजा समाचार