युक्रेनको ट्रेन स्टेशनमा रकेट हमला : ३० को मृत्यु, सयभन्दा बढी घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

युक्रेनको ट्रेन स्टेशनमा रकेट हमला : ३० को मृत्यु, सयभन्दा बढी घाइते

एजेन्सी । पूर्वी युक्रेनको क्रामास्टोर्क सहरको ट्रेन स्टेशनमा रकेट हमला हुँदा ३० जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी घाइते भएका छन् । उक्त स्टेसन युक्रेनी आम मानिसहरूले सहर छोड्नको लागि प्रयोग गर्दै आएको संचारमाध्याम एपीएफले जनाएको छ ।

शुक्रवार भएको उक्त रकेट हमला सहर छोडेर बाहिर जान चाहेका युक्रेनी नागरिकहरूलाई लक्षित गर्दै रुसद्वारा प्रहार भएको एपीएफको रिपोर्टमा उल्लेख छ । पछिल्लो समय रुस माथि युद्ध अपराध र मानव अधिकार हननको आरोप लागिरहेको अवस्थामा यो घटना सार्वजनिक भएको हो । रुसले युक्रेनको बुचा सहरमा पनि आम मानिसहरूको हत्या गरी युद्ध अपराध गरेको बताइएको छ जसका कारण हालै मात्र रुसलाई मानव अधिकार परिषद्बाट समेत निलम्बित गरिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);