युक्रेनको टेलिभिजन टावरमा रकेट हमला | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

युक्रेनको टेलिभिजन टावरमा रकेट हमला

missile

एजेन्सी । दक्षिणी सहर खेरसन रुसी सेनाको हातमा परेका विवरण सार्वजनिक भएका छन् । रुसी सशस्त्र गाडी र सेनाले सडकमा गस्ती गरिरहेको स्थानीय सीसीटीभी भिडियोमा देख्न सकिन्छ । 

किभको उत्तरपश्चिबाट १५ माइल टाढादेखि रुसी बख्तरबन्दको लामले राजधानी किभ घुमिरहेको छ । आज नै देशको सबैभन्दा ठूलो टेलिभिजन टावरमा भएको रकेट हमलामा पाँच जनाको मृत्यु भएको छ । खारकिभमा रुसी सेनाले तोप हमलालाई तीव्र पारेका छन् । 

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको दोस्रो ठूलो सहरको मुख्य चोकमा मंगलबार भएको रकेट हमलालाई ‘खुलस्त आतंक’ भनेका छन् । ‘कसैले पनि क्षमा दिँदैन् । खरकिभमा गरिएको हमला युद्ध अपराध हो,’ उनले भने । खरकिभमा भएका हमलामा कम्तिमा ११ जनाको मृत्यु र दर्जनौ घाइते भएको अधिकारीहरुले जनाएका छन् । 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);