सुदूरपश्चिम स्पोर्टस अवार्डः नवजीवन को-अपरेटिभ्सको साथ | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

सुदूरपश्चिम स्पोर्टस अवार्डः नवजीवन को-अपरेटिभ्सको साथ

काठमाडौं । ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ मा धनगढीको नवजीवन को-अपरेटिभ्स लिमिटेड जोडिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजना हुने अवार्डमा नवजीवन सहप्रायोजकको रूपमा जोडिएको हो ।

नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य विराज रोस्यारा र नवजीवन को-अपरेटिभ्स लिमिटेडका अध्यक्ष देवबहादुर बमबीच प्रायोजनसम्बन्धी सम्झौता भएको छ ।

अघिल्लो संस्करणमा पनि साथ दिएको को-अपरेटिभ्सका अध्यक्ष बलमे आगामी दिनमा पनि खेलाडीहरूको हौसला बढाउने कार्यक्रमलाई सहयोग गर्ने बताए । नवजीवन को-अपरेटिभ्स लिमिटेड नेपालकै बैंकिङ कारोबार गर्ने पहिलो सहकारी हो ।

अवार्डको मुख्य प्रायोजकमा धनगढीको सुदुरपश्चिमाञ्चल एकेडेमी  छ । ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड’को तेस्रो संस्करणको मुख्य प्रवर्द्धकमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् छ ।

त्यस्तै वर्षको पुरुष खेलाडी विधालाई काठमाडाै‌ंको मास ह्युम रिर्सोस र वर्ष महिला खेलाडी विधालाई वनदेवी युवा क्लबले प्रायोजन गरेको छ । सह-प्रायोजकमा केल्मी रहेको छ ।

विभिन्न ८ विधामा दिईने अवार्डको तेस्रो संस्करणको तयारी तीव्र रूपमा भइरहेको छ । उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड दिइनेछ ।

उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिनेछ ।

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ ।

यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);