गणतन्त्रको विकृति हेर्ने गन्तव्य बन्दै भ्युटावर | ईमाउण्टेन समाचार

Our Network

असार १ २०८१, शुक्रबार

गणतन्त्रको विकृति हेर्ने गन्तव्य बन्दै भ्युटावर

राष्ट्रिय आवश्यकताको पहिचान गर्न नसक्दा ठाँउ ठाँउमा भ्युटावर निर्माण गर्ने लहर नै चल्यो, मुलुकको विकास निरिह बनेको वेला भ्युटावर गणतन्त्रको विकृति हेर्ने गन्तव्य बन्दै

देस र जनता चरम गरिबीको सामना गरिरहेका छन्। सरकारले मुलुकलाई विकासोन्मुख राष्ट्र बनाउने घोषणा गरेको छ। तर मुलुकका आर्थिक सुचकांकहरु खराब भन्दा खराब देखिदै छन। यस्तो वेला काम कुरा एका तरि कुम्लो बोकि ठिमी तीर भने जस्तै अस्पताल नभएको ठाउमा भ्युटावर बनाइदै छ। डाँडा काँडाले भरिपुर्ण नेपालमा सिमेन्ट् र फालामले बनाइएका भ्युटावर विकास नभइ विकृति नमुना बनेका छन्।

अहिले हरेक महिना जसो कुनै न कुनै ठाउमा भ्युटावर निर्माण भएका समाचारहरु आइरहेका छन। सत्तामा रहेकाहरुलाई विकास गरेको देखाउने माध्यम नै भ्युटावर बनेको छ। देसभर छ्याप छ्याप्ती बनेका भ्युटावरको उदेश्य के हो? जनताका लागि यसले के लाभ गर्छ भन्ने जवाफ छैन। तर अन्धाधुन्ध रुपमा भ्युटावर बनाउने होडबाजी मात्र चलेको छ। नेपाल आफैमा हिमालयन कन्ट्रि भनेर विश्वमा चिनिन्छ। अग्ला पाहाड र हिमालहरुको कन्दरामा केहि फिट अग्ला भ्युटावर निर्माण गरेर भ्युटावर कै बेइजत भइरहेको छ। यो विकास होइन विकासको एउटा कुरुप संरचना हो।

हुन त भुकम्पले भत्कीएको धरहरको पुर्न निर्माण भयो। तर धरहरको विशेष एतिहासिक र सांस्कृतिक महत्व छ। गणतन्त्र आए पछि नेताहरुले गरिब वस्तीमा निर्माण गरेका भ्युटावरले विकासको परिभाषा लाई नै गीज्याएको छ। बनेका भ्युटावर वरिपरि न त बस्ने व्यस्था छ न पर्यटकहरुलाई लोभ्याउने संरचना बनाइएको छ। सुख्खा ठाउँमा बनाइएका भ्युटावर उक्लेर तल हेर्दा गरिबी र अभावमा बाचिरहेका नेपालीहरु देखिन्छन्। यति ठूलो रकम खर्च गरेर भ्यु टावर निर्माण गर्नु भन्दा अस्पताल निर्माण गरिदिएको भए जनताले उपचार नपाएर अकालमै ज्यान गुमाउनु पर्ने अबस्था कम हुन्थ्यो। कतिपय ठाँउमा त करोडौ खर्च गरेर बनाइएको भ्युटावर उद्घाटन गर्न जाने बाटो समेत छैन। यो आफैमा लज्जाको विषय हो।

भएका सुन्दर पाहाडहरुमा पर्यटन प्रबर्दन गर्न नसक्ने हरुले भ्युटावर निर्माण गरेर राज्यको पैसा खल्तीमा कुम्ल्याउन पाएकै कारण विकास गरेको देखाउने वाहानामा देसभर भ्युटावर बनाउने लहर नै चलेको छ। सुत्केरी गराउन गाउँ घर स्वास्थ्य चौकी नभएर बर्षेनी कयौ महिलाहरुले ज्यान गुमाइरहेका छन। देस नै वेरोजगारीको दल दलमा फसेको छ। नागरिकहरु देस छोड्नकै लागि लामबद्ध लाइनमा लागेका छन। कृर्षि गरौ भने बीउ बीजन, सिचाइ र बजारको अभाव छ। यस्ता क्षेत्रमा लगानी गरेर जनताको उत्थान गर्नुको सटृा जग हसाउने गरि भ्युटावर निर्माण गर्ने काम गरिब जनतामाथिको भद्धा मजाक हो। जनता टेम्पो चढ्न सक्ने अबस्थामा छैनन् नेतृत्व रेल र मनोरेलका कुरा गर्छ। युवावर्ग विदेसिएको छ। अधिकांश भ्युटावर चढ्ने भनेकै बृद्धबृद्धा र बालिवालिका हरु हुन।

अब विकासको परिभाषा फेरिनु पर्छ। जनताको आवश्यक्ता के हो। जनताहरु बर्खा लागेपछि हिलाम्मे र हिउद लागे पछि धुलाम्मे बाटोमा हिड्न बाध्य छन। सडक सञ्जाल दुर्गतीको अबस्थामा छ। लाखौ जनताले शुद्ध पीउने पानी पाएका छैनन्। आर्थिक अबस्था कमजोर भएकै कारण कयौ बालवालिका विद्यालय जानबाट बन्चित छन। सानो तीनो उद्यम गरेर घर धान्न खोजेकाहरुले बैंकबाट ऋण पाउन सक्ने अबस्था छैन। गणतन्त्रको विकृति यति मौलाएको छ कि जता ततै हत्या, हिंसा, वादविवाद, आरोप प्रत्यारो र झैझगडा मात्र देखिन्छ। मुलुक विशी शक्ति केन्द्रहरुको चंगुलमा फस्दै गएको छ। त्यसैले अब गम्भिर प्रश्न उठ्छ कि, यी तमाम विकृति हेर्न कै लागि कहि भ्युटावर बनाउने प्रतिस्पर्धा चलेको त होइन भन्ने ?

नेपालको विकासे मोडेल कस्तो हुनु पर्छ भन्ने समान्य भिजन र मिसन समेत नभएको नेतृत्वले अहिले भ्युटावरको युग नै ल्याएको छ। उनीहरुले ठाँउ ठाउँमा भ्यूटावर ठडाउने काम गरिरहेका छन। भ्युटावरमा लाग्ने करोडौ अर्बौ रुपया देसभित्र उत्पादन बढाउने काममा लगानी गरेको भए धेरैले रोजगारी पाउथे, निर्यात बढ्थ्यो, आयात घट्थ्यो र विदेशी पैसा कमाउन सकिन्थ्यो। उदेक लाग्दो कुरा के छ भने, कोरोना महामारीका वेला जनताले अक्सिजन नपाएर ज्यान गुमाइरहेको वेला ठाँउ ठाँउमा भ्युटावर निर्माण गर्न राज्यसँग प्रसस्त पैसा थियो। त्यसैले पनि डाँडाडाँडामा भ्युटावर देखिनु विकास होइन विकासको विकृत रूप हो।

राज्यको स्रोत साधन दोहन गरेर आफ्नो दुनो सोझ्याउन गरिने विकास नै भ्युटावर हो। त्यस कारण नेतृत्वमा रहेकाहरुले हाम्रो गन्तव्य के हो भन्ने बुझ्न जरुरी छ। मनोरम दृष्यले भरिपुर्ण हाम्रा डाँडाकाँडा लाई गीज्याउने गरि सिमेन्ट र फलामले बनेको टावरमा उभिएर बाँझा खेतबारी हेर्दा कोहि नेपाली रमाउँदैन होला। यस्तो विकासले समाज कहाँ पुग्छ? हाम्रो राष्ट्रिय आवश्यकता को पहिचान कसले गर्छ। देस कहिले सम्म यस्तो विकासे मोडेलको आधारमा चल्छ। गम्भिर भएर सोच्ने कि?

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);