स्थानीय तह निर्वाचनको तयारीमा जुटे रसुवाका राजनीतिक दल | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८१, आइतबार

स्थानीय तह निर्वाचनको तयारीमा जुटे रसुवाका राजनीतिक दल

रसुवा । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि रसुवामा दल तयारीमा जुटेका छन् । जिल्लामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी लगायत दल निर्वाचनको तयारीमा जुटेका हुन् ।

जिल्लामा रहेका सबै दलका नेता, कार्यकर्ता आन्तरिक तयारीमा जुटेको बताएका छन् । निर्वाचनमा आफ्नो पार्टीको बहुमत ल्याउने गरी दलले तयारीलाई तीव्रता दिएको बताएका छन् । 

नेपाली कांग्रेसले घरदैलो अभियानलाई तीव्रता दिइएको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले पनि वडा स्तरमा बैठक तथा भेला गरिरहेका छन् । निर्वाचनका लागि उम्मेदवार छनौटका लागि आन्तरिक छलफलमा जुटेको समेत बताएका छन् । चैत महिनाभित्रमा उम्मेदवार छनौट गरिसक्ने दलले जनाएका छन् । 

नेपाली कांग्रेसले जिल्लाको २७ वटै वडामा जिल्लाका नेता खटाई घर-घर जाऔं, कांग्रेस जिताऔं अभियानका कार्यक्रम सञ्चालन गरिरहेको सभापति पेम्बाछिरिङ तामाङले बताए । उम्मेदवार छनौटका लागि आन्तरिक रूपमा जुटेको र यही चैत २९ गते टुङ्ग्याउने तयारी भइरहेको उनले बताए । 

नेकपा माओवादी केन्द्रले निर्वाचनका लागि जिल्ला, गाउँपालिका हुँदै अहिले वडा कमिटीको बैठक गरिरहेको अध्यक्ष इन्द्र गौतम जगतजंगले बताए । यो महिनाभित्रमा उम्मेदवार टुंग्याउने तयारी भइरहेको उनले बताए । 

त्यसैगरि केन्द्रीय गठबन्धन अनुसार निर्वाचनका लागि जिल्लामा गठबन्धन गर्ने बारे छलफलका लागि अध्यक्ष गौतमको संयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरिएको समेत बताइएको छ । गौतमले  भने, ‘निर्वाचनका लागि गठबन्धन सँग छलफल गरेर अघि बढ्ने पनि छ, अहिलेसम्म निर्वाचनका लागि एकल तयारी गरिरहेका छौँ, केन्द्रबाट केही निर्देशन आएको छैन, तर जिल्लामा हामीले गठबन्धनका लागि वार्ता टोली बनाएका छौं । 

त्यसैगरि नेकपा एमालेले पनि निर्वाचनको तयारीलाई तीव्रता दिएको जनाएको छ । वडा कमिटीको बैठक बस्ने, भेला गर्ने लगायतका गतिविधि गरिरहेको छ । उम्मेदवार छनौटका लागि आन्तरिक तयारीमा जुटिरहेको नेकपा एमाले रसुवाले जनाएको छ । त्यसैगरि एमालेको भातृ सङ्गठनहरूको अधिवेशन समेत भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);