शोभा न्यौपाने, काठमाडौं
आम नेपालीको सपनाको सहर हो काठमाडौं । देशको राजधानी सहर एक पटक घुम्ने चाहना आम नेपालीमा हुनु स्वभाविक हो ।
तर, पछिल्लो समय विकास साझेदारहरुका बीचमा अन्तर निकाय साझेदारी हुन नसक्दा सहरका सडकहरु जीर्ण मात्र बनेका छैनन्, सडककै कारण सवारी सञ्चालनमा समस्या समेत भैरहेको छ ।
कहिले खानेपानिको नाममा त कहिले ढल निर्माणको नाममा सडक भत्काइँदा सर्वसाधरणले सास्ति व्यर्होनुपरेको छ उपत्यकाको सडक भत्काएपछि कालोपत्रे हुन नसक्दा एकातिर धुलोधुँवाको समस्या बढेको छ भने अर्कातिर खाल्डाखुल्डिले दुर्घटनाको जोखिम बढेकोे छ ।
निमार्ण सम्पन्न भईसकेपछि पनि सडक कालोपत्रे हुन नसक्दा सर्वसाधरणले हैरानि व्यर्होनुपरेको छ ।
सडक बिस्तार पश्चात कालोपत्रे गर्ने भनिएको ठाउँमा पनि स्थानियको अबरोधका कारण सडक बिस्तार अगाडि बढ्न सकेको छैन ।
मेलम्चि खानेपानि आयोजना र सडक बिभाग बीचको अन्तर निकाय समन्वयको अभाबका कारण मेलम्चिको पाईप बिच्छाएको ठाँउमा कालोपत्रे हुन नसकेको सर्वसाधरणको गुनासो रहेको छ ।
पहिले पाईप बिच्छाएको ठाँउमा काठमाडौँ उपत्यका खानेपानी कार्यन्वयन आयोजना निर्देशनालयले कालोपत्रेको काम अगाडि बढाईसकेको छ भने अब पाईप बिच्छाउने ठाँउमा सडक बिभागले कालोपत्रेको लागि ठेक्का दिईसकेको छ ।
सडक बिभागका प्रबक्ता दयाकान्त झाले काठमाडौँ उपत्यका खानेपानी कार्यन्वयन आयोजना निर्देशनालयले मेलम्चिको पाईप बिच्छाईसकेको ठाँउमा पे्रसर टेस्ट भईसकेको जानकारी नदिँदासम्म सडक बिभागले सडक कालोपत्रेको काम अगाडि बढाउन नसक्ने जानकारी दिनुभयो ।
सडक बिभाग र उपत्यका खानेपानि कार्यन्वन आयोजना निर्देशनालय बिच समन्व नहुँदा कति बेला पाईप बिच्छाउने र पाईप बिच्छाएको ठाँउमा कहिले कालोपत्रे गर्ने भन्ने अन्यौल रहेको देखिन्छ ।
दुई सरकारी निकायबीचको सम्वन्वय हुन नसक्दा सडकमा सवारी र पैदल यात्रीहरु समस्यामा परेका छन् ।