सुनकाे मूल्य ओरालाे | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८०, मंगलबार

सुनकाे मूल्य ओरालाे

काठमाडौँ । सुनकाे मूल्य याे साता ‌ओरालाे लागेकाे छ । साताकाे पहिलाे दिन प्रतिताेला एक लाख दुई हजार आठ सयमा किनबेच भएकाे छापावाला सुन साताकाे चाैथाे दिन बुधबार ९९ हजार तीन समय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

साताकाे पहिलाे दिनकाे तुलनामा दाेस्राे दिन साेमबार आठ सय रुपैयाँले घटेर एक लाख दुई हजार तीन सय रुपैयाँ ताेकिएकाे थियाे । यसैगरी साेमबारकाे तुलनामा म‌ंगलबार छापावाल सुनकाे मूल्य एक हजार आठ सय रुपैयाँले घटेर एक लाख पाँच सय रुपैयाँमा काराेबार भएकाे स‌ंघले जनायाे । 

मंगलबारकाे तुलनामा बुधबार ताेलामा एक हजार दुई सय रुपैयाँले घटेर ९९ हजार तीन सय रुपैयाँमा किनबेच भइरहेकाे छ । साताकाे पहिला दिनकाे तुलनामा साता चाैथाे दिन बुधबार सुनकाे मूल्य तीन हजार पाँच सय रुपैयाँले घटेकाे छ । 

बुधबार तेजावी सुनको भाउ तोलाको ९८ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ ।  चाँदीको भाउ पनि प्रतितोलमा १० रुपैयाँले घटेको छ । मंगलबार एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भएको चाँदी बुधबारर एक हजार तीन सय ७० रुपैयाँ ताेकिएकाे संघले जनाएकाे छ । 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);