सुनको मूल्य एक लाख तीन सय रुपैयाँ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सुनको मूल्य एक लाख तीन सय रुपैयाँ

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनकाे मूल्य एक हजार एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ताेलाको एक लाख तीन सय रुपैयाँमा काराेबार भएको छ ।

बुधबार सुन तोलाको ९९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको भाउ तोलाको ९९ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ ।  

चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले बढेको छ । बुधबार एक हजार तीन सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार तीन सय ७५ रुपैयाँ कायम भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);