अवैध रुपमा ढुंगा उत्खनन गर्ने एक्स्काभेटर र टिपरलाई स्थानीयले लिए नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अवैध रुपमा ढुंगा उत्खनन गर्ने एक्स्काभेटर र टिपरलाई स्थानीयले लिए नियन्त्रणमा

उदयपुर । अवैध रूपमा सामुदायिक वन क्षेत्रमा ढुंगा उत्खनन गर्ने एक्स्काभेटर र टिपर स्थानीयवासीले नियन्त्रणमा लिएर सम्बन्धित निकायलाई कारबाहीका लागि बुझाएका छन् ।

उदयपुरको बेलका नगरपालिका-४ शिखर सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा अवैध ढुंगा उत्खनन गर्ने एक वटा एक्स्काभेटर र पाँच वटा टिपर स्थानीयवासीले नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलालाई जिम्मा लगाएका हुन् । 

बेलका नगरपालिका-४ शिखर सामुदायिक वन उपभोक्ता वन क्षेत्रबाट एक्स्काभेटर र टिपर नियन्त्रण लिएर कारबाहीका लागि बुझाएको स्थानीयवासी जितबहादुर राना मगरले बताए ।

उनका अनुसार  ढुंगा लोडसहित भएकाे टिपर र एक्स्काभेटरलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलालाई जिम्मा लगाइएकाे हाे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);