न झुक्छौँ न बहकिन्छौँ, राष्ट्रहितलाई ध्यान दिन्छौँ : एकीकृत समाजवादी  | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०७९, बुधवार

न झुक्छौँ न बहकिन्छौँ, राष्ट्रहितलाई ध्यान दिन्छौँ : एकीकृत समाजवादी 

काठमाडौं । एकीकृत समाजवादीले आउँदो बुधबार बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्न छलफल गरिएको छ । काठमाडौंमा सोमबार बसिरहेको पोलिट्ब्युरो बैठकमा २५ फागुन बुधबार बस्ने बैठकको एजेण्डा तय गर्ने विषयमा छलफल भइरहेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । 

बैठकमा अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदनमाथि पनि छलफल भइरहेको छ । एकीकृत समाजवादी राष्ट्रहितलाई ध्यानमा राखेर अघि बढ्ने र सोहीअनुुसार निर्णय हुने उनले बताए । ‘एकीकृत समाजवादी न झुक्छ न बहकिन्छ, राष्ट्रहितलाई ध्यानमा राखेर अघि बढ्छ,’ प्रवक्ता खतिवडाले भने ।  

Leave a Reply