काठमाडौं । बैंकिङ कसुरमा दोषी ठहर भएका काभ्रे पाँचखाल–९ का ३६ वर्षीय श्यामसुन्दर घिमिरे पक्राउ परेका छन् । गत २८ मंसिर र २७ माघमा उच्च अदालत, पाटन ललितपुरले उनलाई बैंकिङ कसुरमा २६ लाख रुपैयाँ जरिवाना र आठ दिनको कैदको फैसला सुनाएको थियो । तर, फरार रहँदै आएका उनलाई आइतबार काठमाडौं जोरपाटीबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार उनलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालत उपस्थित गराइएको छ ।
बैंकिङ कसुरमा दोषी ठहर भएका श्यामसुन्दर घिमिरे पक्राउ
ताजा समाचार
हिउँदे अधिवेशनको पहिलो बैठकमा रास्वपाको अवरोध
१९ घन्टा अघि
संसद्को पहिलो बैठकमा सरकारले आज पेश गर्दैछ, ६ विधेयक
२३ घन्टा अघि
अर्थ समितिको बैठक बस्दै
२३ घन्टा अघि
कांग्रेस संसदीय दलको बैठक जारी
२३ घन्टा अघि