काठमाडौं । बैंकिङ कसुरमा दोषी ठहर भएका काभ्रे पाँचखाल–९ का ३६ वर्षीय श्यामसुन्दर घिमिरे पक्राउ परेका छन् । गत २८ मंसिर र २७ माघमा उच्च अदालत, पाटन ललितपुरले उनलाई बैंकिङ कसुरमा २६ लाख रुपैयाँ जरिवाना र आठ दिनको कैदको फैसला सुनाएको थियो । तर, फरार रहँदै आएका उनलाई आइतबार काठमाडौं जोरपाटीबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार उनलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालत उपस्थित गराइएको छ ।
बैंकिङ कसुरमा दोषी ठहर भएका श्यामसुन्दर घिमिरे पक्राउ
ताजा समाचार
गृहमन्त्री गुरुङद्वारा सदनमा तीनवटा अध्यादेश पेश
११ घन्टा अघि
‘सडक र मन्दिर बने तर जनताको अवस्था फेरिएन’
१२ घन्टा अघि




