काठमाडौँ, २ मंसिर । सरकारले सातवटै प्रदेशमा प्रमुखको नियुक्त गर्ने तयारी गरेको छ । पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै सरकारले प्रदेश प्रमुख नियुक्ती प्रक्रिया अगाडि बढाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखको नियुक्त गर्ने कानूनी व्यवस्था रहेको छ ।
प्रदेशसभामा निर्वाचित भएकालाई सपथ खुवाउने मुख्यमन्त्री नियुक्त गर्ने जस्ता कार्य प्रदेश प्रमुखले गर्ने व्यवस्था भएपछि सरकार निर्वाचन अघि नै राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गर्ने तयारीमा रहेको छ ।