उम्मेदवारमाथि आक्रमण हुँदा सरकार किन मौनः नेता ओली | ईमाउण्टेन समाचार

Our Network

मंसिर २८ २०८१, शुक्रबार

विराटनगर, २ मंसिर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावी माहोल एवम् लोकतान्त्रिक अभ्यासलाई अवरोध पुर्याउन वाम गठबन्धनका उम्मेदवारमाथि सांघातिक आक्रमण भइरहेको दाबी गरेका छन्।

विराटनगर विमानस्थलमा पत्रकारहरुसँगको छोटो कुराकानीमा अध्यक्ष ओलीले उम्मेदवारलाई सुरक्षित एवं निर्वाध रुपमा निर्वाचनको कार्यक्रममा सहभागी हुन सुरक्षाको व्यवस्था मिलाउनुपर्ने सरकारको जिम्मेवारी रहेका बताएका छन्।

ओलीले मुलुकका विभिन्न स्थानमा वाम गठबन्धनका उम्मेदवार माथि सांघातिक आक्रमण हुँदा सरकार मौन बसेको आरोप लगाउँदै वर्तमान सरकार नै निर्वाचनको मिति पर सार्न लागिपरेको आरोप लगाए।

एक प्रश्नको जवाफमा ओलीले सरकारले खुल्ला रुपमा राज्यकोष दुरुपयोग गरी निर्वाचनलाई प्रभावित गर्ने कार्य भइरहेको उल्लेख गर्दै निर्वाचनपछि बन्ने सरकारले यसबारे छानविन गर्ने र दोषीमाथि कारबाही हुने बताए।

ओलीले सरकारबाट निर्वाध रुपमा निर्वाचन आचारसंहिता उल्लंघन हुँदा पनि निर्वाचन आयोगले प्रभावकारी ढंगले अनुगमन नगरेको आरोपसमेत लगाए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);