चुनावको मुखैमा १७ किलो अबैध सुनसहित एकजना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८२, मंगलबार

रसुवा, २ मंसिर । हिमाली क्षेत्रमा चुनाव आउन केही दिनमात्रै रहेका बेला रसुवाबाट १७ किलो अबैध सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले चीनबाट नेपालतर्फ तस्करी गरी ल्याउँदै गरेको १७ किलो अबैध सुनसहित रसुवाको पार्वतीकुण्ड गाउँपालिकाका ५ का ३१ वर्षीय कार्साङ दावा तामाङलाई पक्राउ गरेको हो । तिब्बतबाट सुन ल्याउँदै गरेको सूचनाका आधारमा पक्राउ गरेको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार सुन तस्करीमा संलग्न अरु व्यक्तिको खोजी भइरहेको छ । रसुवा सहित हिमाली क्षेत्रमा पर्ने ३२ जिल्लामा आगामी मंसिर १० गते प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुँदै छ।

ताजा समाचार