मुस्ताङका एमाले उम्मेदवारको गाडीमा ढुंगा प्रहार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

मुस्ताङ, २ मंसिर । मुस्ताङका एमाले उम्मेदवार प्रेमप्रसाद तुलाचनको गाडिमा ढुंगा प्रहार भएको छ। प्रतिनिधिसभा सदस्यका उम्मेदवार तुलाचनको ग १ य ३९६ नम्बरको गाडिमा हिजो साँझ अज्ञात समूहले ढुंगा प्रहार गरेको छ। ढुंगाले लागेर जितको अगाडिको सिसा फुटेको छ।

उपल्लो मुस्ताङको १ साता लामो चुनावी प्रचार-प्रसार र घरदैलो कार्यक्रम सकेर जोमसोमतर्फ फर्किएका तुलाचनको गाडी बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका कागबेनीको होटल ड्रागनको कम्पाउण्डमा पार्किङ गरेर राखेको अवस्थामा ढुंगा प्रहार गरिएको हो। तुलाचनले घटनामा नेपाली कांग्रेसको हात रहेको आरोप लगाएका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);