एजेन्सी, २ मंसिर। आज प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी र लेस्टर सिटीसँग नेपाली समय अनुसार ८.४५ बजे भिड्दै छन्।
प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले अहिले सम्मको ९ खेलमा अपराजित यात्रा कायम नै राखेको छ। सिटीको ११ खेलमा ३१ अंक रहेको छ भने १३ अंकसहित लेस्टर बाह्रौं स्थानमा छ।
यसैगरी आजै राती नै अर्का खेलमा म्यानचेस्टर युनाइटेड न्युकासल युनाइटेडसँग भिड्दै छ। युनाइटेड हाल सिटीभन्दा ८ अंकले पछाडि रहेको छ ।
प्रिमियर लिगमा आज हुने सम्पूर्ण खेलहरुको समय तालिका:
आर्सनल विरुद्ध टोटनह्याम – ६.१५ बजे
लेस्टर सिटी विरुद्ध म्यानचेस्टर सिटी – ८.४५ बजे
लिभरपुल विरुद्ध साउथह्याम्पटन – ८.४५ बजे
क्रिस्टल प्यालेस विरुद्ध एभरटन – ८.४५ बजे
बोर्नमथ विरुद्ध हडर्सफिल्ड – ८.४५ बजे
बर्नली विरुद्ध स्वान्सि सिटी – ८.४५ बजे
म्यानचेस्टर युनाइटेड विरुद्ध न्युकासल – १०.१५ बजे




