भारतीय सेनाका लेफ्टिनेन्ट जनरल मुस्ताङ पुगेर फर्किए | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

भारतीय सेनाका लेफ्टिनेन्ट जनरल मुस्ताङ पुगेर फर्किए

पोखरा । भारतीय सेनाका लेफ्टिनेन्ट जनरल पीएन अनन्थनारायणन मुस्ताङ भ्रमण गरेर फर्किएका छन् । सोमबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत मुस्ताङ पुगेका उनको टोली मुक्तिनाथ दर्शन गरेर फर्किएको हो ।

भ्रमणमा केही अन्य व्यक्ति समेत थिए । तर, पूरै अनौपचारिक भ्रमण भएको मुस्ताङ प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए । ‘मन्दिर पुगेर टोली फर्किसक्यो । औपचारिक भ्रमण थिएन,’ उनले भने ।

अनन्थनारायणन करिब डेढ घण्टाको घुमघामपछि काठमाडौं फर्किएका थिए । पछिल्ला वर्षहरूमा मुस्ताङमा भारतीयहरूले भ्रमणको गन्तव्य बनाइरहेका छन् । चार वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि मुक्तिनाथको भ्रमण गरेका थिए । त्यसयता उच्च पदस्थहरूले मुक्तिनाथ रोज्न थालेका छन् ।

तस्बिर सहयोग सुन्दरकुमार थकाली

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);