चितवन । व्यावसायीक पत्रकारिताको विकास र श्रब्य दृश्य माध्यममा काम गर्ने सञ्चारकर्मीको क्षमता अभिबृद्धि गर्नका लागि चितवनको नारायणघाटमा आजदेखी विशेष प्रशिक्षण कार्यशाला सुरु भएको छ ।
होटल सेन्ट्रल पाममा सुरु उक्त कार्यशाला माघ २६ गते सम्म सञ्चालन हुने छ ।
कार्यशालाको पद्या मिडिया ग्रुपका कार्यकारी अध्यक्ष राजुप्रसाद कडेलले उद्घाटन गर्दै टेलिभिजन पत्रकारहरुले सत्य, तथ्य र देशका कुन काब्चाका खबरहरु संकलन गरि प्रशारण गराउन आग्रह गर्नुभयो ।
अध्यक्ष कँडेलले वास्तविक धरातलमा उभिएको पत्रकारीतानै असल पत्रकारीता भएको बताउनुभयो ।
सो अवसरमा विजनेश प्लस टेलिभिजनका निर्देशक गोपाल बस्नेतले सञ्चारकर्मीहरुले आर्थिक समृद्धि तर्फ गम्भिर भई यथार्थ समाचार सम्पेषणमा ध्यान दिनुपर्ने बताउनुभयो ।
उक्त कार्यशालामा देशका विभिन्न भागवाट माउण्टेन, भक्तिदर्शन र विजनेश प्लस टेलिभिजनका सय जना सञ्चारकर्मीहरु सहभागि छन् ।