महोत्तरीमा शंकास्पद वस्तु फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

महोत्तरीमा शंकास्पद वस्तु फेला

महोत्तरी । महोत्तरीको मट्टीहानी नगरपालिकास्थित धिरापुरमा शंकास्पद वस्तु फेला परेको छ । प्रेसर कुकरभित्र तारहरू देखिएको हुनाले बम हुनसक्ने स्थानीयको  आशंका छ । नगरपालिकाको कार्यालयनजिकै फेला परेपछि अहिले उक्त ठाउँलाई सिल गरिएको छ भने नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलतर्फ गैइरहेको छ ।

वरपर बस्ती समेत रहेकाले उक्त ठाउँलाई सिल गरेर अनुसन्धान अगाडि बढाइएको नगर प्रमुख हरि मण्डलले जानकारी दिए । झोलाभित्र कुकर र तारहरु समेत देखिएको हुनाले बम नै हुन सक्ने नगरप्रमुख मण्डलको भनाइ छ ।  अचानक नगरपालिकानजिकै देखिएको उक्त शंकास्पद बस्तु भेटिएपछि अहिले स्थानीय त्रसित बनेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);