विप्लव समूहका ८ जना कार्यकर्ता पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८२, मंगलबार

काठमाडौं, १ मंसिर । निर्वाचन विरोधी गतिविधि गरेको भन्दै कैलाली र भोजपुरमा नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का आठजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वीरबहादुर बुढामगरले नेपाल कम्युनिष्ट पार्टी (विप्लव)का जिल्ला इञ्चार्ज रामप्रसाद चौधरी, क्षेत्रीय ब्यूरो सदस्य प्रकाश मल्ल, भूमिहीन सुकुम्वासी संघका केन्द्रीय उपाध्यक्ष मीनराज गिरी र तपेन्द्र रसाइलीलाई बिहीबार पक्राउ गरिएको  बताए ।

देशका विभिन्न भागमा उम्मेदवारलाई लक्षित गरी बम विस्फोटका घटना बढ्न थालेपछि विप्लवका कार्यकर्तामाथि प्रहरीले निगरानी बढाउँदै गएको छ ।

यसैगरी भोजपुरमा पनि आज चार जना कार्यकर्ता पक्राउ परेका छन् । निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चारजना कार्यकर्ता पक्राउ परेको प्रहरीले जनाएको छ ।

केही दिन अघि चुनावी प्रचार प्रसारमा हिंडेका एमाले उम्मेदवार शेरधन राईको गाडीमाथि बम प्रहार भएपछि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई प्रहरीले विहिबार भोजपुरका विभिन्न स्थानबाट प्रक्राउ गरेको हो ।

ताजा समाचार