३० दलले बुझाए निर्वाचन आयोगलाई ज्ञापनपत्र (पूर्णपाठसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

३० दलले बुझाए निर्वाचन आयोगलाई ज्ञापनपत्र (पूर्णपाठसहित)

काठमाडौं । ३० राजनीतिक दल आवद्ध ‘स्थानीय निर्वाचन चुनाव चिह्न सङ्घर्ष समिति’ले निर्वाचन आयोगलाई ज्ञापनपत्र बुझाएर स्थानीय निर्वाचनमा चुनाव चिह्न प्रयोगको असमान व्यवस्था खारेज गर्न माग गरेको छ ।

सङ्घर्ष समितिको प्रतिनिधिले बुझायो राष्ट्रिय निर्वाचन आयोगका  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई शुक्रबार ज्ञापनपत्र बुझाएका हुन् । 

स्थानीय निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त दलबाहेक अन्य राजनीतिक दलहरूले आफ्नो पार्टीको चुनाव चिह्न प्रयोग गर्न नपाउने कानुनी व्यवस्था विभेदकारी र अन्यायपूर्ण भएको र यसले एउटै संविधान र कानुनीप्रक्रिया पूरा गरि निर्वाचन आयोगमा दर्ता भएका दलहरूलाई अलग अलग वर्गीकरण गरी राजनीतिमा राष्ट्रिय मान्यता दलहरूको सिन्डिकेट खडा गरेको समितिको ठहर छ । 

समितिको ज्ञापनपत्र बुझ्दै प्रमुख आयुक्त थपलियाले आयोगको तर्फबाट ऐन संशोधनको लागि आवश्यक पहल गरिरहेको जानकारी गराए । स्थानीय निर्वाचनमा चुनाव चिह्न प्रयोगको असमान व्यवस्था खारेज गर्न माग गर्दै समितिले फागुन ८ गते बालुवाटारमा प्रदर्शन गर्ने जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);