गाबिस सचिबहरु आन्दोलनमा, सेवाग्राही मर्कामा | ईमाउण्टेन समाचार

Our Network

माघ २ २०८१, बुधवार

गाबिस सचिबहरु आन्दोलनमा, सेवाग्राही मर्कामा

२० माघ, दाङ ।
दाङका ३१ वटै गाबिसका सचिबहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आज बिहीबारदेखि गाबिस कार्यालयबाट दिने सेवा अनिश्चीतकालिन ठप्प पारेका हुन । गाबिस कार्यालयमा सचिबहरु आज बिहीबारदेखि नजादा सेवाग्राही मर्कामा परेका छन् ।

गाबिस सचिबहरु आन्दोलनमा

२० माघ, दाङ ।
दाङका ३१ वटै गाबिसका सचिबहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आज बिहीबारदेखि गाबिस कार्यालयबाट दिने सेवा अनिश्चीतकालिन ठप्प पारेका हुन । गाबिस कार्यालयमा सचिबहरु आज बिहीबारदेखि नजादा सेवाग्राही मर्कामा परेका छन् ।

गाबिस सचिब हक हित संरक्षण केन्द्रको आह्वानमा सेवा बन्द गराइएको गाबिस सचिब हक हित संरक्षण केन्द्र दाङका सचिब राजेशकुमार गुप्ताले जानकारी दिनुभयो । आन्दोलनको चरण अन्र्तगत दाङका ३१ वटै गाँउ बिकास समितिको कार्यालयका छापा समेत जिबिस मार्फत सरकारलाई बुझाउने तयारी गरिएको छ । छाप नै सरकारलाई बुझाईदिए गाबिसबाट प्रदान गरिने सबै सेवा पूर्णरुपमा प्रभाबीत हुने छ ।

स्थानिय निकायको निर्बाचन छिटो भन्दा छिटो हुनपर्ने,गाबिस सचिबहरुको सरुवा फुकुवा हुनुपर्ने अर्थात सामान्य प्रशासन समुहमा सरुवा हुनुपर्ने, गाउँपालिकामा सम्मानजन सहभागिता,प्रोत्साहन भत्ता लगायतकाका मागलाई सरकारले पुरा गर्नुपर्ने माग राख्दै सचिबहरु आन्दोलनमा उत्रिएका हुन ।

लामोसमयदेखि ती माग प्रस्तुत गर्दै सरकारसग आग्रह गर्दा समेत बेवास्ता गरिएकाले आन्दोलनमा उत्रनुपरेको सचिब गुप्ताले जानकारी दिनुभयो । गाबिस सचिब हक हित संरक्षण केन्द्र केन्द्रीय समितिले आह्वान गरेको आन्दोलन प्रति ऐक्यबद्धता जनाउदै दाङमा समेत आन्दोलनमा उत्रनु परेको गुप्ताको भनाई छ ।  माग पुरा नभए थप कार्यक्रमका साथ अगाढी बढ्ने केन्द्रले चेतावनी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);