सुनको मूल्य चार सयले बढ्याे | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सुनको मूल्य चार सयले बढ्याे

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य चार सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९६ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।

बिहीबार छापावाल सुन तोलामा ९६ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको भाउ तोलाको ९६ हजार रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ । बिहीबार एक हजार दुई सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार तीन सय पाँच रुपैयाँ निर्धारण भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);