आधुनिक जनकपुर निर्माणको माग गर्दै शर्माले थाले अनशन | ईमाउण्टेन समाचार

Our Network

माघ १५ २०८१, मंगलबार

आधुनिक जनकपुर निर्माणको माग गर्दै शर्माले थाले अनशन

२० ,माघ धनुषा ।
आधुनिक जनकपुर निर्माणको विभिन्न सात बुँदे माग सहित बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष रामकुमार शर्मा आज देखि आमरन अनसन सुरु गर्नु भएको छ । आधुनिक जनकपुर निर्माणको माग सहित केहि दिन देखि हस्ताक्षर अभियानमा लागेका शर्मा लगायतक नयाँ शक्ति पार्टीका नेता कलामुद्धिन राइन पनि आमरन

गाबिस सचिबहरु आन्दोलनमा

२० माघ,धनुषा । आधुनिक जनकपुर निर्माणको विभिन्न सात बुँदे माग सहित बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष रामकुमार शर्मा आज देखि आमरन अनसन सुरु गर्नु भएको छ । आधुनिक जनकपुर निर्माणको माग सहित केहि दिन देखि हस्ताक्षर अभियानमा लागेका शर्मा लगायतक नयाँ शक्ति पार्टीका नेता कलामुद्धिन राइन पनि आमरन अनसनमा बस्नु भएको छ ।

 

पुर्व घोाषित निर्णय अनुसार जनकपुर अञ्चल अस्पताललाई पाँच सय शैयाको बनाउने तथा शिक्षण अस्पताल घोषणा गर्ने, प्रस्तावित राजर्षि जनक विश्व विद्यालयको ऐन पारित गरी भवन निर्माण प्रक्रिया अघि बढाउने, जनकपुर विमान स्थललाई क्षेत्रीय रुपमा विस्तार गर्ने,जनकपुर क्षेत्रमा मनिपाल युनिभर्सिटको एक सय विद्या जग्गा भएपनि पोखरामा निर्माण भईरहेको उक्त कलेज जनकपुरमा ल्याउनु पर्ने नभए जग्गा फिर्ता गर्नुपर्ने लगायतका माग राखि जनकपुरको जनकचोकमा आमरन अनसनमा बस्नु भएको छ ।

 

विकासको क्षेत्रमा पछाडी पारिएको जनकपुरलाई आधुनिक बनाउनु पर्ने माग सहित आफु आमरन अनसनमा बसेको बताउदै आफुहरुको आन्दोलन कारण सरकार बाध्य भएर सहयोग गर्ने विस्वस्त रहेको शर्माले बताउनु भयो । त्यस्तै आमरन अनसनमा बस्नु भएका कलामुद्धिन राइनले राजा जनकको नगरी जनकपुरलाई विकास गरी हिन्दु धर्मको केन्द्र बनाएर अगाडी बढ्नु पर्ने बताउनु हुन्छ । यो भन्दा पहिला हिजो धनुषाका प्रमुख जिल्ला अधिकारी मार्फत आधुनिक जनकपुर निर्माणका माग सहितको एक लाख हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाइएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);