दमौली । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको चुनावीसभामा कविता वाचन गरिरहेका कांग्रेस कार्यकर्ताको मृत्यु भएको छ। बिहीबार तनहुँको भानु नगरपालिका-१२ मा कविता वाचन गरिरहँदा ढलेका ५६ बर्षिय श्रीभद्र पण्डितको अस्पताल पु-याउँदा पुर्याउँदै मृत्यु भएको हो।
‘जबसम्म खोला बगिरहन्छ कांग्रेस रहिरहन्छ, म बाँचुञ्जेल कांग्रेस रहिरहन्छु’ भावको कविताका केही अंश मात्रै वाचन गर्न भ्याएका पण्डितको कविता जस्तै गरी कांग्रेसको कार्यक्रम चल्दाचल्दै ढलेका उनको मृत्यु भएको छ।