सवारी ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सवारी ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

सप्तरी । सवारी ज्यान मुद्दामा अदालतबाट सजाय पाएपछि फरार रहँदै आएका राजविराज नगरपालिका-६ का ३३ वर्षीय ललनकुमार देवलाई प्रहरीले पक्राउ गरी साेमबार सार्वजनिक गरेकाे छ ।

उनीमाथि अमरेन्द्रकुमार झाले दिएको सवारी ज्यान मुद्दामा ५ असार ०७४ मा अदालतले गरेको फैसला बमोजिम अदालतले पाँच महिना कैदसहित दुई हजार रूपैयाँ जरीवाना तिर्नुपर्ने फैसला गरेकाे थियाे । त्यसयता उनी फरार थिए।

खोजतलासका क्रममा २९ माघमा राजविराजस्थित आफ्नै घरबाट प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिएका छन् । उनलाई २ फागुनमा कैद भुक्तानका लागि कारागार चलान गरेको छ।  यस्तै, बोक्सीको आरोप मुद्दाका फरार एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजगढ गाउँपालिका-२ बस्ने रामदेव यादवको छोरा रामबिलास यादव रहेका छन् ।

सरस्वती देवी यादवले दिएको जाहेरीको आधारमा तत्कालिन पुनरावेदन अदालत राजविराजले २९ मंसिर ०७१ यादवलाई १० हजार जरीवाना र ३ महिना कैदको फैसला सुनाएको थियोे । प्रहरीले उनलाई पनि घरैबाट २ माघमा जरीवाना तिराए कारागार चलान गरेको प्रवक्ता काफ्लेको भनाइ छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);