हत्या र लुटपाटमा सम्लग्न नाै जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

हत्या र लुटपाटमा सम्लग्न नाै जना पक्राउ

सप्तरी । जिल्ला अदालत सप्तरीले विभिन्न मुद्दामा दाेषी देखाउँदै फैसला गरे पनि फरार भएका नाै जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ। कर्तव्य ज्यान मुद्दामा फरार रहेका राजगढ नगरपालिका-६ का राम किसुन खंग, शिव देव खंग, गर्भी खंग, रामसेवक खंग र हर किशुन खंग रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

यस्तै लुटपाट मुद्दामा फरार रहेका डाक्नेश्वरी नगरपालिका-२ का दयावती बि.क., विरेन्द्र बि.क र दुलारी देवी वि.कलाई पनि पक्राउ गरी जरिवाना असुलीका लागि अदालतमा उपस्थित गराएको प्रवक्ता काफ्लेले बताए।

विभिन्न मुद्दामा फैसला भई फरार रहेकाहरूलाई पक्राउ गर्ने अभियानअन्तर्गत  प्रहरीले पक्राउ गरेकाे हाे । कर्तव्य ज्यान मुद्दाका आरोपीहरूले जनही पाँच सय तिर्नुपर्ने र लुटपाट मुद्दाका दाेषी दयावति बि.कले २१, विरेन्द्र बि.क र दुलारी बि.कले ५० रुपैयाँ तिर्नुपर्नेछ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);