झापा, माघ १९ । पाहुना टोली सुदुरपश्चिम ११ माथी घरेलु मैदानमा सहज जित निकाल्दै आयोजक झापा ११ झापामा जारी झापा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । सुदुरपश्चिम ११ लाई ४–० को फराकिलो गोलअन्तरले हराउँदै झापा ११ ले सेमिफाइनल यात्रा तय गरेको हो ।
बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा बुधबार भएको खेलमा झापाले पहिलो हाफको ३०औँ मिनेटमा अग्रता लिएको थियो । घरेलु दर्शकको भरपुर समर्थन पाएको झापाका लागि विदेशी खेलाडी मार्टिनको प्रहार सुदुरपश्चिमका खेलाडी राकेश हमाललाई टच हुँदै गोलमा परिणत भएको थियो । त्यसपछि दोस्रो हाफमा झापाले ३ गोल ग¥यो ।
खेलको ४६ औँ मिनेटमा बुद्ध चेम्जोङले गोल गर्दै अग्रता २–० पु¥याए । बुद्धको कडा प्रहार सुदुरपश्चिमका गोलरक्षक टेकेन्द्र थापाले रोक्न असफल भए । झापाका लागि तेस्रो गोल ४८ औँ मिनेटमा विदेशी खेलाडी मार्टिनले गरे । मार्टिनको प्रहारमा सुदुरपश्चिमका गोलरक्षक थापा बिट भएका थिए । ८८औँ मिनेटमा दिलेन लोक्तामको पासमा मार्टिनले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ४–० को जीत सुनिश्चित गरे । खेलको म्यान अफ द म्याच दुई गोल गर्ने झापा–११ का खेलाडी मार्टिन घोषित भए । उनले नगद ७ हजार रुपैयाँ प्राप्त गरे । बिहीबार मनाङ मस्र्याङ्दी क्लब र न्यूरोड टिम एनआरटीले अन्तिम क्वाटरफाइनल खेल खेल्ने आयोजकले जनाएको छ ।