‘भोट नहाले चाला गाउँलाई छाला’ बनाउने पूर्व मन्त्रीको धम्की | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौँ, १ मंसिर । हुम्ला जिल्लाको उत्तरी नाम्खा गाउँपालिका ४ चाला गाउँका स्थानीयहरु चुनाव नजिकिएसँगै डराएका छन्। प्रदेश र प्रतिनिधिसभाको चुनावी प्रचार प्रसारमा गएका कांग्रेसका उम्मेदवार तथा पूर्वखानेपानी तथा सरसफाई मन्त्री जीवन बहादुर शाहीले आफूलाई भोट नहाले ‘चाला गाउँलाई छाला’ बनाउने धम्की दिएपछि स्थानीयहरुले डराएको नाम्खा गाउँपालिका ४ चालाका सोनामटर्सी लामाले दुखेसो गरे।

उनले भने, ‘चुनावमा जनताको मनमस्तिष्क जितेर भोट माग्नु पर्ने। उनले त उल्टै यस्तो धम्की दिएर गए। गाउँले डराएका छन्।’ उनले थपे, ‘ दोस्रो संविधान सभाको चुनावमा उनलाई भोट दिएकै हो। केही परिवर्तन भएको छैन । भोट माग्न आउँदा आश्वासन मात्र दिने हाम्रो जिन्दगी यस्ताको उस्तै।’

गाउँमा आधार नेपाल नाम संस्थाले निर्माण गरेको वत्ति कांग्रेसले आफुले निर्माण गरेको भम्र फैलाएको चाला ४ का साङ्गे लामाले बताए। उनले भने, ‘अरुले गरेको कामलाई आफुले गरेको दावी गर्ने नेताहरुले केही गर्लान भनेर त के विश्वास गर्नु रु गर्ने नै भए गाउँमा टेलिफोन सेवा छैन, यतातिर ध्यान दिए हुन्थ्यो।’

टेलिफोन सेवा उपलब्ध नहुँदा आफन्तलाई फोन गर्ने घण्टौँ हिडेर फोन गर्न बाध्य भएको लामाले बताए । लामाले भने, ‘गरिबले मात्रै गरिबको पिडा बुझ्छ। चाला गाउँमा एक सय ६ मत छ। जे जस्तो धम्की आएपनि हाम्रा समस्या समाधान गर्नेलाई भोट दिने हो।’ – नयाँ पत्रिका दैनिकबाट

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);