आज यूएईविरुद्ध खेल्दै नेपाल | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

आज यूएईविरुद्ध खेल्दै नेपाल

काठमाडौं । चारदेशीय टी- २० शृंखलाको दोस्रो खेलमा आज शनिबार नेपालले सयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध मैदान उत्र्दैछ । शृंखलाको पहिलो खेलमा आयोजक ओमानलाई पराजित गरेको नेपाल यूएईविरुद्ध मैदान उत्रदा आफ्नो जित यात्रालाई निरन्तरता दिने लक्ष्यमा हुनेछ ।

ओमानको मस्टकस्थित अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान पाैने १२ बजेदेखि सुरु हुनेछ ।

शृंखलाको पहिलो खेलमा नेपालले शुक्रबार ओमानलाई ६ विकेटले पराजित गरेको थियो । नेपालको जितमा ब्याटिङतर्फ  दीपेन्द्रसिंह ऐरीले अविजित ७३ रन बनाउँदा बलिङमा अविनाश बोहराले तीन विकेट लिएका थिए । ओमानविरुद्धको ७३ रन दीपेन्द्रले ट्वान्टी २० क्रिकेटमा बनाएको सबैभन्दा उच्च रन हो ।

आइसीसी टी-२० विश्वकपको ग्लोबल छनोटको तयारीका लागि नेपाल, ओमान, यूएई र आयरल्यान्ड चारदेशीय शृंखलामा सहभागी छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);