सरस्वती गिरी
१९ माघ, जाजरकोट
पहाडी जिल्ला जाजरकोटका ५ हजार बढि घरपरिवारले खोला तथा कुवाको फोहर पानी पिउदै आएका छन । स्वच्छ पिउने पानीको सुबिधा नपाउदा स्थानीयलाई फोहर पानी पिउनु पर्ने बाध्यता भएको हो । जिल्लाका ५ हजार २ सय ९२ परिवारले नदी र खोलाको पानी पिउने गरेको खोनेपानी सरसफाइ तथा सबडिभिजन कार्यालय जाजरकोटले जनाएको छ ।
त्यस्तै १ हजार ५ सय ८० परिवारले कुवाको पानी पिउने गरेका छन । १५ परिवारले भने आकासे पानीको भरमा जीविका चलाउने गरेको पाइएको छ । दुर्गमा गाउँमा स्वच्छ पिउने पानीको सुबिधा नहुदा समस्या भएको स्थानीयको भनाई छ ।
स्वच्छ खानेपानीको पहुँच बाहिर रहेकाहरुका लागि सुबिधा विस्तार गर्ने पहलल भइरहेको खानेपानी सरसफाइ तथा सबडिभिजन कार्यालयका प्रमुख महेशी महतो बताउनु हुन्छ । भौगोलिक बिकटता र पातलो वस्तीका कारण खानेपानीको सुबिधा पुर्याउन समस्या भएको छ ।
फोहोर पानीको प्रयोगका कारण जिल्लामा बेला बेलामा बिभिन्न खालका महामारी फैलने गरेका छन् । पानीको गुणस्तर जाँच नहुनु खानेपानीको योजना सञ्चालन गर्दा पानीको गुणस्तर तथा आयोजना निर्माण पुर्व, आयोजना निर्माण अवधी र आयोजना निर्माण पश्चात नियमित जाँच नहुँदा समस्या आएको छ ।