भारतमा एक महिनापछि पहिलो पटक दैनिक संक्रमितको संख्या एक लाखभन्दा थोरै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

भारतमा एक महिनापछि पहिलो पटक दैनिक संक्रमितको संख्या एक लाखभन्दा थोरै

एजेन्सी । भारतमा कोभिड संक्रमितको संख्या निरन्तर घटिरहेको छ । पछिल्लो २४ घन्टामा ८३ हजार ८७६ जना नयाँ संक्रमित भेटिएका छन् । एक महिनापछि पहिलो पटक दैनिक संक्रमितको संख्या एक लाखभन्दा तल झरेको हो । त्यस्तै, पछिल्लो २४ घन्टामा कोभिडका कारण ८९५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अझै पनि सक्रीय संक्रमितको संख्या ११ लाख ८ हजार ९३८ छ । कूल संक्रमितको २ दशमलव ६२ प्रतिशत सक्रीय संक्रमित छन्  भने कोभिडबाट निको हुने दर ९६ दशमलव १९ प्रतिशत छ । त्यस्तै, कोभिड संक्रमण दर ७ दशमलव २५ छ । 

भारतको ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डियाले आइतबार स्पुतनिक लाइट खोपलाई आपतकालीन प्रयोगका लागि मान्यता दिएको थियो । योसँगै भारतले कोभिडविरुद्ध ९ ओटा खोपलाई मान्यता दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);