संसद बैठक बस्दै, स्थानीय तहको चुनाव सम्बन्धी विधेयक पेश हुने | ईमाउण्टेन समाचार

Our Network

पुष २९ २०८१, सोमबार

संसद बैठक बस्दै, स्थानीय तहको चुनाव सम्बन्धी विधेयक पेश हुने

व्यवस्थापिका संसदको आजको बैठकमा स्थानीय तहको चुनाव सम्बन्धी विधेयक पेश हुँदै, जनप्रतिनिधिको कार्यकाल सकिनु भन्दा दुई महिना अगावै अर्को चुनाव गर्ने प्रस्ताव

सभामुख विदेशमा भएकाले व्यवस्थापिका–संसद्को भोलिको बैठक स्थगित

काठमाण्डौ । व्यवस्थापिका संसदमा आज स्थानीय तहको चुनाव सम्बन्धी विधेयक पेश हुँदैछ ।

राज्य व्यवस्था समिति अन्तर्गतको उपसमितिले हिजो विधेयक टुंग्याएपछि आज संसदमा पेश गर्न लागिएको हो । उपसमितिमा टुंगो लागेको विधेकयलाई अनुमोदन गर्न समितिको बैठक बस्दै छ ।

विधेयकमा निर्वाचित जनप्रतिनिधिको ५ वर्षे कार्यकाल सकिनु दुई महिना पहिले नै अर्को चुनाव गर्नुपर्ने प्रस्ताव गरिएको छ । संविधानले पदावधी सकिएको ६ महिनाभित्र चुनाव गरिसक्नुपर्ने व्यवस्था भएपनि दलहरु पदावधी सकिनुभन्दा दुई महिना पहिले नै चुनाव गर्ने प्रावधानमा सहमत भएका हुन् ।

विधेयकले गाउँपालिका, नगरपालिका वा जिल्लासभामा प्रमुख र उपप्रमुखको उम्मेद्वारमध्ये एकजना अनिवार्य महिला हुनुपर्ने प्रस्ताव गरेको छ ।

संसदले यसअघि चुनावका लागि चाहिने अरु तीनवटा महत्वपूर्ण विधेयक पारित गरिसकेको छ । अब राजनीतिक दल सम्बन्धी विधेयक टुंगो लाग्न बाँकी छ ।

राष्ट्रिय दलको मान्यता पाउन तीन प्रतिशत मत ल्याउनैपर्ने गरी थ्रेसहोल्ड राख्न ठूला तीनदल सहमत भएका छन् । र थ्रेस होल्डको साना दलले भने विरोध गर्दै आएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);