सुनसरीमा विप्पवका पाँचजना कार्यकर्ता पक्राउ | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८२, शुक्रबार

सुनसरी, ३० कार्तिक। सुनसरीमा चुनावी प्रचार प्रसारमा अवरोध गर्न खोजेको नेत्र विक्रम चन्द कम्युनिष्ट पार्टीका पाँचजना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

निर्वाचन विथोल्ने सक्ने सम्भावित खतरालाई ध्यान दिँदै सुनसरी प्रहरीले बराहक्षेत्र–३ बाट इन्द्रबहादुर राई, धरान–१७ बाट जयकुमार राई, इटहरी–९ बाट रोशन ढकाल र लक्ष्मण कार्की तथा इटहरी–५ बाट रामप्रसाद राईलाई पक्राउ गरेको हो।

पक्राउ परेकाहरुमाथि अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।