दुई जनामा कोभिड देखिएपछि टोंगामा लकडाउन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

दुई जनामा कोभिड देखिएपछि टोंगामा लकडाउन

एजेन्सी । दुई जनामा भाइरस देखिएपछि टापु देश टोंगाले बुधबार सीमा बन्द गरेको छ । गत महिना गएको शक्तिशाली ज्वालामुखी र त्यसपछि आएको सुनामीका कारण टोंगामा अझै पनि उद्दारका प्रयास भइरहेका बेला सरकारले सीमा बन्द गरेको हो ।

गत वर्ष एक जनामा संक्रमण देखिनु बाहेक टोंगामा झन्डै दुई वर्षसम्म भाइरसको असर देखिएको थिएन् । प्रधानमन्त्री सियाओसी सोभालेनीले दुई जनामा संक्रमण देखिएको बताए । संक्रमित दुबै जना बन्दरगाहमा काम गरिरहेका थिए, जहाँ टोंगालाई विभिन्न देशले मानवीय सहयोग गरिरहेका छन् । 

कुनै पनि डुंगालाई एउटा टापुबाट अर्को टापुमा जान रोक लगाइएको र घरेलु उडान नहुने जानाकारी दिँदै प्रधानमन्त्रीले ‘राष्ट्रिय लकडाउन’ घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । 

हरेक दुई दिनमा अवस्थाको समिक्षा गरिने प्रधानमन्त्रीले बताए । गत महिना गएको शक्शिाली ज्वालामुखीपछिको सुनामीले प्रभावित टोंगालाई चीन, फ्रान्स, अमेरिका, न्युजिल्यान्ड, फिजी बेलायतले सहयोग गरेका छन् । पिउने पानीसहित अत्यावश्यक मेडिकल सामाग्री बोकेका पानी जहाज बन्दरगाह सहर पुगेका छन् । 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);