कांग्रेस कार्यालयमा मुख्य सचिव रिक्त | ईमाउण्टेन समाचार

Our Network

साउन १० २०८३, सोमबार

कांग्रेस कार्यालयमा मुख्य सचिव रिक्त

काठमाडौं । नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयको मुख्य सचिव पद रिक्त भएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेल राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएपछि रिक्त हुन गएको हो ।बुधबार भएको राष्ट्रिय सभा सदस्यमा बाग्मती प्रदेशबाट पौडेल विजयी भएसँगै कांग्रेस मुख्यालयको मुख्य सचिव पद रिक्त भएको हो । 

यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले पौडेललाई मनोनीतबाट राष्ट्रिय सभामा ल्याउन चाहेका थिए । तर, राष्ट्रपति विद्यादेवी भण्डारीले पौडेल र गोपाल बस्नेतको नाम अस्वीकृत गरेकी थिइन् । बस्नेत पनि प्रदेश १ बाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् । 
 

Leave a Reply