तत्काल राजदूत नियुक्त गर्न संसदीय समितिको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

तत्काल राजदूत नियुक्त गर्न संसदीय समितिको निर्देशन

१८ माघ, काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले विभिन्न देशमा रिक्त राजदूत तत्काल नियुक्त गर्न सरकारलाई निर्देशन दिएको छ ।

तत्काल राजदूत नियुक्त गर्न संसदीय समितिको निर्देशन

१८ माघ, काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले विभिन्न देशमा रिक्त राजदूत तत्काल नियुक्त गर्न सरकारलाई निर्देशन दिएको छ ।

परराष्ट्रमन्त्री डाक्टर प्रकाशशरण महतको उपस्थितिमा मंगलबार सिंहदरबारमा बसेको समिति बैठकले विभिन्न देशमा राजदूत पद खाली रहेको भन्दै तत्काल नियुक्त गर्न सरकारलाई निर्देशन दिएको हो । बैठकमा परराष्ट्रमन्त्री डाक्टर प्रकाश शरण महतले राजदूत नियुक्ति छिटोभन्दा छिटो गर्ने तयारीमा सरकार रहेको बैठकमा जानकारी गराउनुभएको थियो ।

उहाँले छिमेकी मुलुकसित सम्बन्ध विस्तार र वैदेशिक रोजगारीमा रहेका नेपालीको हित र सुरक्षा गर्न आफूहरुले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै भारत वा चीनपरस्त भएर सरकार चलेको भन्ने टिप्पणीमा विश्वास नगर्न आग्रह गर्नुभयो । नेपालले २९ देशमा आवासीय दूतावास स्थापना गरेको छ ।

गत ७ वैशाखमा केपी शर्मा ओली नेतृत्वको सरकारले २१ देशमा राजदूत नियुक्तिका लागि सिफारिसगरेको थियो । ओली सरकारले नियुक्तिका लागि सिफारिस गरेकामध्ये १४ देशका राजदूतको सिफारिस वर्तमान  सरकारले गत २९ साउनमा खारेज गरेको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);