१८ माघ, मकवानपुर ।
तराई बिखण्डनका गतिबीधिमा सरकार खुलेर लागिपरेको आरोप नेकपा एमालेका केन्द्रीय सचिव प्रदिप ज्ञावलीले लगाउनु भएको छ । प्रेस चौतारी मकवानपुरले मंगलवार बिहान हेटौँडामा गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव ज्ञावलीले पछिल्लो समय मधेस बिखण्डनका गतिवीधिमा सरकारले निरुत्साहीत नगरेर उल्टै प्रोत्साहान गरेको बताउनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दोहोरो चरित्रको कारण देश र संविधान संकटमा परेको सचिव ज्ञवालीले वताउनुभयो । प्रधानमन्त्री दाहालले बाहीर निर्वाचन गर्छ भन्दै हिडेपनि भित्र मधेशी दलहरुसँग अर्कै कुरा गर्ने गरेको आरोप समिेत लगाउनुभयो ।
मधेशमा रहेको आम समुदायहरु चुनावको पक्षमा रहेको बताउँदै ज्ञावलीले सरकारलाई चुनावको मिति तत्काल घोषणा गर्न समेत आग्रह गर्नुभएको छ । संविधान कार्यन्वयनको लागि निर्वाचनको कुनै विकल्प नभएको भन्दै उहाँले निर्वाचनबाट देशले निकास पाउने बताउनुभयो ।




