सरकारलाई गाविस सचिवको ७२ घन्टे अल्टिमेटम | ईमाउण्टेन समाचार

Our Network

पुष १४ २०८१, आइतबार

सरकारलाई गाविस सचिवको ७२ घन्टे अल्टिमेटम

१८ ,माघ भक्तपुर ।
गाविस हक हित संरक्षण केन्द्र नेपालले सरकारले आफूहरुको मागलाई वेवास्ता गरेको भन्दै आन्दोलनको चेतावनी दिएको छ । केन्द्रले भक्तपुरमा गरेको पत्रकार सम्मेलनमा आफूहरुले सरकारसमक्ष पेश गरेको पाँच बुँदे मागलाई सम्बोधन नगरे बिहीबारदेखि देशब्यापी कामकाज ठप्प पार्दै आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

स्थानीय विकास मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मार्फत केन्द्रले सरकार समक्ष माग पेश गर्दै सरकारलाई तीन दिनको अल्टिमेटम दिएको हो । अध्यक्ष दामोदर रिजालले स्थानीय निकायको निर्वाचन गर्न सरकारले आँलटाल गरेको र सम्पूर्ण  जिम्मेवारी आफूहरुलाई दिएको तर आफूहरुलाई वेवास्ता गरिएकाले आन्दोलनमा जान बाध्य भएको बताउनुभयो ।

उहाँले सरकारबाट गत वर्ष स्वीकृत भएको कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता तुरुन्त भुक्तानी गर्न मागसमेत गर्नुभयो । उहाँले गाविस सचिवलाई सरुवा भई अन्यत्र जानमा लगाइएको प्रतिवन्ध फुकुवाको माग पेश गरेको, सुनसरीको तनमुजा गाविसका सचिव हरिकुमार थापामाथि भएको दुब्यर्वहारको घटनाप्रति भत्र्सना र खेद समेत प्रकट गर्नुभएको छ ।

कार्यक्रममा महासचिव मुकुन्द्रप्रसाद गजुरेलले सरकारले आफूहरुको ज्ञापनपत्रलाई वेवास्था गरेको र पटकपटकको मागलाई कुनै चासो नदिएकाले तीन दिनको अल्टिमेटम दिएको बताउनुभयो । वरिष्ठ उपाध्यक्ष एकनारायण शर्माले सरकारले विद्यमान निजामती कर्मचारीलाई कानुन निर्माण गरी संघीय, प्रदेश  र स्थानीय तहमा समायोजन गर्न कानुनको मस्यौदा गर्न राख्ने विषयहरुमा सुझावलाई वेवास्था गरिएको बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);