सिमकोट विमानस्थलमा हेल्थडेस्क र होल्डिङ सेन्टर स्थापना | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

सिमकोट विमानस्थलमा हेल्थडेस्क र होल्डिङ सेन्टर स्थापना

सिमकोट । काेभिड-१९काे संक्रमण राेकथामका लागि हुम्लाकाे सिमकोट विमानस्थलमा हेल्थडेस्क र होल्डिङ सेन्टर स्थापना गरिएकाे छ । साथै, अन्य जिल्लासँग जाेडिएका सीमा नाकामा कडाइ गरिएकाे छ ।

सिमकोट गाउँपालिका र स्वास्थ्य सेवा कार्यालयको समन्वयमा हेल्थडेस्क स्थापना गरिएको हाे । प्रमुख जिल्ला अधिकारी गणेश आर्चायको संयोजकत्वमा बसेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन समितिको बैठकले जिल्लाका मुख्य सीमामा हेल्थडेस्क स्थापना गर्ने निर्णय पनि गरेकाे छ ।

स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंहका अनुसार बाजुरासँग जाेडिएकाे कवाडी  र मुगुसँगकाे जाच्चयामामा हेल्थडेस्क स्थापना हुनेछ । सिमकोटबाट बाहिरिने र भित्रिने सबै यात्रुको विवरण संकलनकाे काम भइरेकाे छ । यसका लागि दुई जना स्वास्थ्यकर्मी खटाइएको छ ।
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);