सुरक्षा चुनौती बढेको भन्दै आयोगद्वारा सतर्क रहन आग्रह | ईमाउण्टेन समाचार

Our Network

मंसिर २८ २०८१, शुक्रबार

सुरक्षा चुनौती बढेको भन्दै आयोगद्वारा सतर्क रहन आग्रह

 काभ्रे, २८ कात्तिक। प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले उम्मेदवार र मतदाता दुवैपक्षलाई सुरक्षा चुनौती बढेको बताएका छन्।

काभ्रेको धुलिखेलमा भएको एक अन्तक्रिया कार्यक्रममा बोल्दै आयुक्त यादवले उम्मेदवारहरुलाई मात्र नभई मतदाताहरुमा समेत सुरक्षा चुनौती बढेको बताए । सुरक्षा चुनौती बढेकाले सुरक्षा निकायको मात्रै भर नपरी मतदाता र उम्मेदवार आफै पनि सुरक्षित र सचेत रहन यादवले आग्रह गरे ।

निर्वाचन विरोधी तत्वहरुले केही दिन देखि उम्मेदवारलाई लक्षित गरि बम पड्काउने, माइन विष्फोट गर्ने र गोली चलाउने जस्ता काम गर्दै आएकाले आयोगले यसतर्फ आफ्नो ध्यानाकर्षण भएको जनाउँदै सतर्क रहन आह्वान गरेको हो ।

राष्ट्रसेवक कर्मचारीले पार्टीको झण्डाबोकेर चुनावको प्रचार-प्रसारमा हिड्नु लज्जास्पद र अशोभनीय हुने भएकाले यस्ता काम नगर्न प्रमुख निर्वाचन आयुक्त यादवले आग्रह गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);