ब्यवसायिक कृषिका लागि यान्त्रिकिकरण आवश्यक | ईमाउण्टेन समाचार

Our Network

माघ १५ २०८१, मंगलबार

ब्यवसायिक कृषिका लागि यान्त्रिकिकरण आवश्यक

मेहम्मद ईजहार शेष
१७ माघ, परासी । ब्यवसायिक कृषिका लागि कृषिमा यान्त्रिकिकरण आवश्यक भएको भन्दै जिल्ला कृषि बिकास कार्यालय नवलपरासीले ४० प्रतिशत अनुदान सहित आज हात्ते ट्रेक्टर बितरण गरेको छ । कृषि प्रसार कार्यक्रम अन्तर्गत ४० प्रतिशत अनुदान सहित १९ वटा पावर ट्रिलर र ३ वटा मिनिट्रिलर गरि २२ वटा हात्ते ट्रेक्टर बितरण गरिएको हो ।

ब्यवसायिक कृषिका लागि यान्त्रिकिकरण आवश्यक

मेहम्मद ईजहार शेष  
१७ माघ, परासी । ब्यवसायिक कृषिका लागि कृषिमा यान्त्रिकिकरण आवश्यक भएको भन्दै जिल्ला कृषि बिकास कार्यालय नवलपरासीले ४० प्रतिशत अनुदान सहित आज हात्ते ट्रेक्टर बितरण गरेको छ । कृषि प्रसार कार्यक्रम अन्तर्गत ४० प्रतिशत अनुदान सहित १९ वटा पावर ट्रिलर र ३ वटा मिनिट्रिलर गरि २२ वटा हात्ते ट्रेक्टर बितरण गरिएको हो ।

१ लाख ७२ हजार पर्ने १९ हर्षपावरको पावरट्रिलर ट्रेक्टरमा किसानहरु ६८ हजार ८ सय अनुदान पाएका छन् भने १ लाख १० हजार पर्ने ९ हर्षपावरको मिनिट्रिलरमा किसानहरुले रु ४४ हजार अनुदान प्राप्त गरेका छन् । यसरी जिल्ला कृषि बिकास कार्यालय नवलपरासीको कृषि प्रसार कार्यक्रम अन्तर्गत किसानहरुले रु १४ लाख १० हजार अनुदान प्राप्त भएपछि हर्षित भएका छन् ।
 
नवलपरासीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर राणा मगरको प्रमुख आतिथ्य तथा जिल्ला कृषि बिकास कार्यालय नवलपरासीका बरिष्ठ कृषि बिकास अधिकृत तेजनरायण गैरेको अध्यक्षतामा भएको हात्ते ट्रेक्टर बितरण कार्यक्रममा बरिष्ठ कृषि बिकास अधिकृत गैरेले ब्यवसायिक र निर्वाहमुखि कृषिका लागि यान्त्रिकिकरण आवश्यक रहेकाले किसानको सुबिधाका लागि हात्ते ट्रेक्तर बितरण गरिएको बताउनु भयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राणाले नेपालका कुल गा्रह्स्थ उत्पानमा कृषिले ३३ प्रतिशत योगदान पुर्याएपनि सरकारले कृषिमा उचित लगानी गर्न नसकेकाले पनि किसानहरु अझै ब्यवसायिक बन्न नसकेको गुनासो गर्नुभयो । साना किसानहरुका लागि निकै राम्रो मानिएको हात्ते ट्रेक्टर किसानहरु अनुदानमा प्राप्त गरेपछि हर्षित भएका छन् । यसभन्दा पहिला गोरुले जोतभोग गरि खेती गर्दै आएका किसानहरु अब समयमा खेती गर्ने , मज्दुर नपाउने समस्या हटेको र उत्पादनमा प्रगति हुने प्रतिक्रिया दिएका छन् ।

मुख्य बाली अन्तर्गत नवलरासीमा ४४ हजार ७ सय हेक्टर क्षेत्रफलमा धान खेती , १८ हजार ७ सय १२ हेक्टर क्षेत्रफलमा गहँु खेती ८ हजार ४ सय ५ हेक्टर क्षेत्रफमा मकै खेती  र ७ हजार ४ सय हेक्टर क्षेत्रफलमा उँखु खेती गरिदै आएको कृषि बिकास कार्यालय नवलपरासीका योजना अधिकृत एवं सुचना अधिकारी श्रिकान्त घिमिरेले जानकारी दिनुभयो । तर अझैपनि कृषि बिकास कार्यालयवाट पाउने सेवा सुबिधामा टाठाबाठा र कर्मचारीको नजिकमा रहेको किसानहरुले सेवा पाउनेमा दोहोरिएकोले सर्वसाधरण किसानप्रति पनि कृषिले ध्यानदिनु आवश्यक रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);