यस्तो हुने छ तपाईको आजको दिन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

यस्तो हुने छ तपाईको आजको दिन

२८ पुस २०७८ तदनुसार ११ जनवरी १२ तारिख २०२२ बुधबार । पौषशुक्लपक्ष दशमी तिथि, गर करण, भरणी नक्षत्र, साध्य योग, चन्द्रमा मेष राशिमा रहेको छ । 
आज बिहान सूर्योदय ६ः५८ मा भयो भने सूर्यास्त ५ः२७ मा हुनेछ । बुधबारको दिन घर गृहस्थीसम्बन्धी काम गर्दा राम्रो हुन्छ । आर्थिक कारोबारका लागि बुधबार उपयुक्त दिन हो । आजको देवता सावित्री र ग्रहदेव शुक्र रहेको छ । आज बिहान १२ः१२ दखि १ः३१ सम्म राहुकाल रहेको छ । त्यसैबीचमा ११ः५१ देखि १२ः३३ सम्मको समयमा अभिजित मुहूर्त रहेको छ । कुनै पनि शुभकार्य गर्दा अभिजित मुहुर्तको समय रोज्नुपर्ने हुन्छ ।

आजको राशिफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशिको जातकको लागि आजको दिन आकस्मिक अर्थलाभ हुनेछ । दाम्पत्य जीवनमा सुखद यात्रा हुनेछ । घर परिवारबाट आर्थिक सहयोग मिल्नेछ । विगतमा रोकिएका कामहरू सम्पन्न हुनेछ । नयाँ कामको थालनीसमेत हुनेछ । चन्द्रमाको साथ रहेकाले आजको दिन तपाईले गरेका काम सफल हुनेछ ।  

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

आजको दिन मानसम्मान मिल्नेछ । तपाईमाथि अनावश्यक आरोप लाग्नेछ । आर्थिक हानि हुन सक्ने छ । त्यसैले आजको दिन खर्च हुने काममा होस गर्नुहोला । आफन्तजनबाट अपमान हुनसक्छ । त्यसैले घर गृहस्थको बारेमा आफन्तसँग विवाद नगर्नुहोला । मौन रहनु नैं वेश हुनेछ ।    

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

यदी आजको दिन यात्रा गर्न लाग्नु भएको छ यात्रा कष्टकर हुनसक्छ ।  मनमा चिन्ता छाउने छ । अध्ययन अध्यापनको काममा लाग्नु वेश हुनेछ । नयाँ पुस्तक पढ्ने गर्दा तपाईमा उर्जा प्राप्त हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु राम्रो हुनेछ । आफ्नो नियमित काम बाहेक अन्य कुरामा बढी चासो नदिदा राम्रो हुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

आजको दिन कर्कट राशिका जातकका लागि पारिवारिक समस्याका कारण मनमा अनेक चिन्ता हुनसक्छ । कसैसँग पनि वादविवाद गर्दा तपाईको लागि अपमान हुनसक्छ । त्यसैले घरपरिवार, मित्रमण्डलीहरुसँग विवाद हुने काम नगर्नु होला ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

तपाईलाई आज आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुन सक्छ । यात्राका समस्या हुनसक्छ ।  तपाईले गर्नुभएको कामबाट सन्तुष्ट प्राप्ति होला । कर्म गरेको छु, फल अवश्य प्राप्त हुन्छ भन्ने सोचका साथ सकारात्मक सोचका साथ कर्ममा लागिरहनुपर्नेछ । 

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

परिवारमा विवाद हुनसक्ने भएकाले परिवारका सदस्य र आफ्ना इष्टमित्रसँग विवाद नगर्नुहोला । कुनै नयाँ काम सुुरु गर्न खोज्दा बाधा हुनसक्छ । आफूले गरिरहेको नियमित काममा खुसी खोज्नुहोस् । सकारात्मक सोच र देवालय शिवालयको दर्शन गर्नुहोला । 

 तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तपाईले आजको दिन सुरु गरेको काम सफल हुनेछ । त्यसैले तपाईले आज सबैको भलाइ हुने काम गर्दा वेश हुनेछ । सामाजिक काममा लाग्ने गर्नुभएको छ भने मानसम्मान प्राप्त हुनेछ । तपाईको मन समाजको हितको काममा लाग्नेछ । परिवार र आफन्तजनले तपाईले गरेको कामको निकै प्रसंशा गर्नेछन् । सफलतामा अर्थ हानि हुनेछ ।    

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

यात्रामा अनावश्यक समस्या आउन सक्छ । स्वास्थ्यमा विशेष ख्याल राख्नुहोला । तपाईले समय खर्च गरेर गरेको कामबाट सफलता प्राप्त नहुन सक्छ । त्यसको कारण तपाईमा चिन्ता उत्पन्न हुनसक्छ । अर्थलाभ हुने काममा ध्यान दिनु होला । कसैसँग विवाद हुन खोजेमा कम बोल्नु फाइदा हुनेछ ।   

 धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

सन्तानबाट साथ सहयोग, मित्रमण्डलीबाट नयाँ कार्ययोजना र आफन्तजनको  सहयोग हुनेछ । धनु राशिका जातकको लागि आजको दिन कन्याहरुलाई भोजन र दान दिनुभएकामा तपाईको उन्नति र प्रगतिको बाटोहरू खुल्नेछन् । देवालयको दर्शनले तपाईलाई सकारात्मक सोच आउने छ ।   

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

तपाईले गर्नु खोज्नुभएको काममा सफलता प्राप्त हुनेछ । बिहान सूर्योदयको दर्शन गरेर यात्रा यात्रा गर्दा फलदायी हुनेछ । यदि यात्रा गर्नुछ भने पूर्वतर्फ फर्केर सुरुवात गर्नुहोला । परिवारका सदस्यहरूबीच सम्बन्ध राम्रो हुनेछ । दाम्पत्य जीवनमा खुसियाली छाउने छ ।   

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशिका जातकको लागि आजको दिन स्वास्थ्य समस्या हुनसक्छ । मनमा अशान्ति जाग्नेछ । यस्तो अवस्थामा तपाई आफूबसेको स्थान नजिकको मठमन्दिर जा देवालयमा जानु उत्तम हुनेछ । तपाईका लागि अनावश्यक आरोप पनि लाग्न सक्छ । परिवारका सदस्यले अनावश्यक आरोप लगाउन सक्नेछन् ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

बिहान सूर्योदयको दर्शन गर्न उत्तम हुनेछ । तपाईले आज गर्ने निर्णयले भविष्यमा अर्थलाभ हुनेछ । देवालय र शिवालयको यात्रा गर्दा मनमा शान्ति प्राप्त हुनेछ । सामाजिक काममा लाग्नुभएको छ भने मानसम्मान मिल्नेछ । आर्थिक समस्याले चिन्ता जताउने छ । परिवारका सदस्यहको साथ सहयोग पाउनुहुनेछ । अध्ययन अध्यापनको क्षेत्रमा लाग्नुभएको छ भने मानसम्मान प्राप्त हुनेछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);