औषधिको मूल्य २२०० प्रतिशत घट्न सक्ने संकेत | ईमाउण्टेन समाचार

Our Network

असार १० २०८३, बिहीबार

काठमाडौं, २८ कार्तिक । सरकारले उत्पादकसँग सीधै खरिद गरी सर्वसाधारणलाई बिक्री गरे औषधिको मूल्य अहिलेको भन्दा ४० देखि २२ सय प्रतिशतसम्म सस्तो पर्ने देखिएको छ।

सुपथ मूल्यमा गुणस्तरीय औषधि खरिद गरी सरकारी अस्पतालका फार्मेसीमार्फत उपलब्ध गराउनेबारे सिफारिस गर्न सरकारद्वारा करिब ६ महिनाअघि गठित उच्चस्तरीय समितिले यस्तो निष्कर्ष निकालेको हो।

बिचौलियाले अनुचित र आश्चर्यजनक रुपमा मूल्यवृद्धि गरेकाले औषधि २२ सय प्रतिशतसम्म महँगो भएको हो। समितिले सरकारलाई सोमबार बुझाएको प्रतिवेदनमा लागत घटाउन सरकारले नै उत्पादकसँग सोझै औषधि खरिद गर्नुपर्ने सुझाव छ। आजको कान्तिपुर दैनिकमा खबर छ।

ताजा समाचार